दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले सर्वजनिक गऱ्यो मई महिनाको हिसाब किताब। दार्जीलिङ नगरपालिकाको चुनाव अवधि हाम्रो पार्टीले प्रत्येक महिनाको हिसाब किताब सार्वजनिक गर्ने वाचा गरेका थिए। दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड गठन भएपछि प्रत्येक महिनाको हिसाब किताबहरू सार्वजनिक गर्दै आइरहेको छ। यसैक्रममा आज मई महिनाको हिसाब किताब वित विभागीय नगरपार्षद विष्णु मल्लले सार्वजनिक गरेको छ। विभागीय नगरपार्षद विष्णु मल्लले दार्जीलिङ नगरपालिकाको कोषमा ८५ लाख ७१ हजार ९ सय ११ रूपियाँ रहेको थियो, दार्जीलिङ नगरपालिकाले कर,जमीनदारी आदि क्षेत्रहरूबाट ८६ लाख ३८ हजार २ रूपियाँ संग्रह भएको छ,जसमा जम्मा १ करोड ७२ लाख ९ हजार ३१ रूपियाँ रहेको थियो। यी राशीहरू पेन्सनमा ८६ लाख ७० हजार रूपियाँ,कर्मचारीहरूको बेतनहरूमा ३५ लाख २२ हजार १ सय १६ रूपियाँ, क्याजोल कर्मचारीहरूको ईपीएफमा २ लाख ८६ हजार, ३ सय ३८ रूपियाँमा खर्च भएको छ। त्यसरी नै कर्मचारीहरूको जीएसटी,लोन आदिमा ८४ हजार ६६ रूपियाँ खर्च भएको छ। त्यसै गरी गाडीको पेट्रोल आदिमा ९१ लाख ८० हजार २ सय ३६ रूपियाँ खर्च भएको छ अनि अहिले ७ जूनसम्म ८० लाख २९ हजार ६ सय ७७ रूपियाँ दार्जीलिङ नगरपालिका कोषमा रहेको मल्लले बताए। दार्जीलिङ नगरपालिकाको चुनाव अवधि हाम्रो पार्टीले पालिकाको हरेक महिनाको हिसाब कितावहरू सार्वजनिक गर्ने वाचा गरेका थिए। दार्जीलिङ नगरपालिकाको चूनावमा नगरबासीहरूले हाम्रो पार्टीमाथि आस्था र भरोसा गरेर भारी मतमा बोर्ड गठन गर्ने जिम्मेवारी सोम्पिएपछि हाम्रो पार्टीको बोर्डले हरेक महिनाको हिसाब कितावहरू सार्वजनिक गर्ने कामहरू गर्दै आइरहेको छ तर यस पटक हिसाब किताव सार्वजनिक गर्नमा विलम्ब भएकोमा मल्लले नगरबासीहरूसँग माफी पनि मांगे। हाम्रो पार्टीले चुनाव अवधि गरेको वाचाहरू एकाएक पूरा गर्दै आइरहेको छ भने हिसाब किताव जस्ता विषयहरूमा हाम्रो पार्टीको बोर्डले पार्दशी राखेर काम गर्दै आइरहेको छ। अर्कोतिर हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्डसले दार्जीलिङ नगरपालिकामा जनताको राज आइसकेको दावी गर्दै लाल कोठीमा पनि जनताको राज ल्याएर हरेक महिनाको हिसाब किताव पालिकामा जस्तै सार्वजनिक गर्ने वाचाहरू गर्दै आइरहेको छ।










