सिक्किमका पुरोहितहरूलाई प्राथमिकता दिनु पर्छः पुरोहित केशव खनाल

pkk

गान्तोकः पण्डित पुरोहित परिषदका अध्यक्ष तथा कोभिड पण्डितको नामले परिचित पुरोहित केशव खनालले सिक्किमका पुरोहितहरूको पक्षमा आवाज उठाउँदै स्थानीय पुरोहितहरूसँग भेदभाव भइरहेको कुरा उजागर गरेका छन्‌। उनले सिक्किममा योग्य अनि शिक्षित पुरोहितहरूको कमी नरहेको ठोकुवा गर्दै राज्यका मन्दिरहरू र धार्मिक अनुष्ठानहरू स्थानीय पुरोहितहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने माग राखेका छन्‌। राजधानीमा आज आयोजित एक संवाददाता सम्मेलनमा बोल्दै पुरोहित खनालले यसो भनेका हुन्‌। उनले राज्यमा हुने धार्मिक अनुष्ठानहरूमा राज्य बाहिरबाट पुरोहितहरूलाई बोलाइने र स्थानीय पुरोहितहरूलाई अदेखा गरिने गरेको बताए। उनले राज्यका स्थानीय पुरोहितहरू पनि योग्य एवं शिक्षित छन्‌ भन्दै यस्ता अनुष्ठानहरूमा स्थानीय पुरोहितहरूलाई प्राथमिकता दिइनु पर्छ भनी बताए। उनले राज्य बाहिरबाट पुरोहितहरू ल्याउँदा कुनै आपत्ति नरहेको, तर स्थानीय पुरोहितहरूलाई प्राथमिकता दिइनु पर्छ भन्ने मनतव्य व्यक्त गरे।

उनले सिक्किम सब्जेक्ट र सीओआई भएका सिक्किमका पुरोहितहरू शिक्षा ग्रहण गरेर आएपछि बेरोजगार बनेर घुमिरहेका छन्‌ भनी बताए। उनले धेरै पुरोहितहरूको स्थिति एकदमै दयनिय रहेको पनि जानकारी गराए। उनले पुरोहितहरूलाई पनि अन्य जन साधारण सरह सहुलियतहरू प्रदान गरिनु पर्छ भनी बताए। उनले कोभिङ महामारीको समयमा राज्य बाहिरबाट आएका पुरोहितहरू आ-आफ्नो ठाउँ गएको, तर सिक्किमलाई आवश्यकता पर्दा आफुहरू उपस्थित रहेको अवगत गराए।

यस अतिरिक्त, पुरोहित खनालले पोएट आइडलको टप ८ सम्म पुग्न सफल बनेकी सिक्किमकी कवि नीलम गुरूङलाई भोट गर्न हाम्रो चिनारी, सिक्किमका अध्यक्ष चक्रपाणी भट्टाराईको अगुवाईमा आगामी १७ मार्चको दिन एक टोली नेपाल गइरहेको जानकारी गराए। कवि गुरूङले नेपालमा सिक्किमको नाम उच्च गरिरहेकी छिन्‌ भन्दै सबै एकजुट बनेर उनलाई समर्थन गर्नु पर्ने आह्वान गरे। यसरी नै उनले राउते रूम्तेकको रामानुज वैदिक गुरुकुलको वार्षिक उत्सव आगामी २१ मार्चदेखि शुरू भइरहेको जानकारी गराए। यस अवसरमा श्री राम रथ यात्रा आयोजना गरिने छ भन्दै सबैलाई सहभागी भइदिन आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *