नाम्चीमा पालन गरियो विश्व उपभोक्ता अधिकार दिवस

IMG-20230315-WA0240.jpg

गान्तोक: दक्षिण जिल्लास्थित नाम्चीमा आज विश्व उपभोक्ता अधिकार दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा लिगल मेट्रोलजी युनिट उपभोक्ता संरक्षण सेल,खाद्य एवम नागरिक आपूर्ति विभागको संयुक्त पहलमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा विभागका मन्त्री एलबी दास रहेका थिए भने विशिष्ट अतिथा नाम्ची नगर निगमका अध्यक्ष गणेश राई लगायत विभागका अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री एलबी दासले सर्वप्रथम विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सबैलाई हार्दिक बधाई साथै शुभकामना पनि दिए। यस दिनमा विशेष गरेर उपभोक्ताहरूलाई आफ्नो अधिकारप्रति जागरूक गराइने बताए। उनले उपभोक्ताहरूले बजारको दुरुपयोग हुन नदिने र आफ्नो अधिकारबारेमा बुझ्नु पर्ने साथै यसलाई आफ्नो दैनिक जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरामा जोड दिए। यसका साथै उनले स्थानीय उपभोक्ताले महँगो मूल्य तिर्ने, सूचनाको अभाव, बिक्री सेवाको अभाव लगायतका अन्य धेरै समस्या भोग्नु परिरहेको कुरा पनि उल्लेख गरे। प्रसङ्ग फेर्दै मन्त्री दासले केन्द्र सरकारद्वारा शुरू गरइएको एक राष्ट्र एर राशन कार्डको लाभ उठाउन साथै आफ्नो हक प्रति सचेत हुनु पर्ने आग्रह गरे।

यसै क्रममा अध्यक्ष गणेश राईले विशेषगरी नाम्ची जिल्लाका उपभोक्ता तथा बिक्रेताहरुलाई यस कार्यक्रमको महत्वबारे विस्तृतरूपमा जानकारी गराए। उनले कुनै पनि व्यवसायको मुख्य काम ग्राहकको सन्तुष्टि हुने र व्यवसायलाई अघि उनका लागि सेवा समान हुनुपर्ने बताए। तसर्थ, उपभोक्ताको अधिकारलाई विचार गरी यस शिक्षामूलक कार्यक्रम मार्फत व्यवसायी र अन्य स्थानीय सरोकारवालाहरूले सरकारले प्रदान गरेको अधिकारको बारेमा जान्न र कुनै जिज्ञासा उत्पन्न भएमा आफ्ना सुझावहरू राख्नु पर्ने आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *