तेज हावापानीबाट भारी नोक्सान

IMG-20230315-WA0243.jpg

गेजिङ: आज अचानक मौसम परिवर्तन भएर हावापानीले जनजीवन अस्तव्यस्त हुनका साथै केही स्थानमा आंशिक क्षति भएको खबरहरु अघि आएको छ। आज अपरान्ह समय अचानक मौसम बदली भएर प्रकृतुले उग्ररुप लिएको थियो। केहीस्थानमा असिना पानी र केही स्थानमा हावापानीको ताण्डव मचियो। एउटा रुख ढलेर लिङ्चोमको एक निजी पाठशालाको नवनिर्मित कोठालाई क्षति पुर्‍याएको छ। नानीहरु पाठशालामै भएको कारणले यसबाहेक कुनै अप्रिय घटना हुनबाट बॉंचेको छ। यस्तै प्रकारले जिल्लाको अधिंकांश स्थान यासोम, दराप, पेलिङ, टाशीडिङ, देन्ताम आदि क्षेत्रमा रुखहरु ढलेर केहिबेरसम्म बाटो अवरोध भएको खबर अघि आएको छ।

हावापानीले बिजुलीका पोलहरु पनि ढलेका कारण आज बिजुली बत्तीको समस्याहुने देखिएको छ। सम्बन्धित बिभागका लाइनम्यानहरु यस्तो स्थितिमा तैनाथ रहेर काम गरिरहेका छन। मौसम परिवर्तनको समय भएकाले प्रकृतिले घरीघरी आफ्नो रुप बदल्दा यस्तो कैयौं घटना हुन सक्ने भएकाले सतर्कता रहन आवश्यक देखिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *