अवैध रूपमा ल्याइएका सामग्रीहरू जफत

91827456.jpg

सिलगढ़ी: माटीगढ़ा थाना पुलिसले लाखौं रुपियाँको नेपाली समान लोड गरिएको एउटा ट्रक पक्राउ गरेको छ। यस मामिलामा ट्रक चालक मनोज तामाङलाई पक्राउ गरिएको छ। माटीगढ़ा थाना पुलिसको तर्फबाट बुधवार यो जानकारी गराइयो। एक अभियान अन्तर्गत अवैध रूपमा नेपालदेखि सिलगढ़ी आइरहेको एउटा ट्रकलाई रोकियो। यो ट्रकको छानबिन गर्दा भारी मात्रामा नेपालमा बनेका सामग्रीहरू उद्धार भयो। जसको अनुमानित बजार मूल्य पाँच लाख रूपियाँ रहेको छ। जब ट्रक चालकबाट वैध कागजपत्रको माग गरियो तब उसले देखाउन सकेन। यसपछि ट्रकसहित चालकलाई थाना लगियो। पक्रा परेको ट्रक चालक विरूद्ध सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरी अघिको कारबाही शुरू भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement