दुई दिवसीय कार्यक्रमको साथ ग्रामीण पर्यटन मेला आयोजित

1609280652_buxa-tiger-reserve.jpg

बाक्स: बाक्सा जिल्लाको मनाह राष्ट्रिय उद्यानको काहीबाड़ी रेन्जमा १८-१९ मार्चसम्म दुई दिवसीय कार्यक्रमहरू अन्तर्गत ग्रामीण पर्यटन मेला आयोजित गरिनेछ। जहाँ मनाह राष्ट्रिय उद्यानको वरिपरिका विभिन्न सांस्कृतिक समुदायहरूका मानिसहरूले आफ्नो विशेषताहरूको साथ यसमा भाग लिनेछन्। असमिया, बोडो, सन्थाली र बंगाली सहित विभिन्न जातिय समूहले आफ्न अनौठो खाद्य पदार्थहरूका साथै आफ्नो विशिष्ट वेशभूषा र हातले बनेका सरसमान यस मेलामा प्रदर्शित गर्नेछन्। इच्छुक व्यक्तिले प्रदर्शित उत्पादहरू किन्न चाहे अलग-अलग आउटलेटमा यसलाई किन्ने सुविधा पनि राखिनेछ।बोडोल्याण्ड पर्यटन विभागका निदेशक जयन्त शर्मा र बोडोल्याण्ड पर्यटन विभागका ओएसडी सनत कुमार महन्तले बुधवार जानकारी गराए, बोडोल्याण्ड पर्यटन विभागले पहिलो पल्ट ग्रामीण पर्यटन मेलाको आयोजन गर्न गईरहेछ। पर्यटन विभागका दुई अधिकारीले विश्व धरोहर स्थल मनाह राष्ट्रिय उद्यानलाई मानिसहरूसित अझ अधिक परिचित गराउने उद्देश्यले ग्रामीण पर्यटन मेला आयोजित गर्ने जानकारी दिए। दुवै अधिकारीले भने, बोडोल्याण्ड टेरिटोरियल रिजन (बीटीआर) का मुख्य कार्यकारी पार्षद प्रमोद बोडो र वन विभागका कार्यकारी सदस्य धर्मनारायण दास र अन्य वरिष्ठ प्रशासनिक अधिकारी ग्रामीण पर्यटन मेलामा उपस्थित रहनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *