डीएन्एलएले आफ्नो माग पूरा नभए जंगल फर्किने चेताउनी दियो’

1600x960_253676-dnla-1140x570.jpg

डिमा हसाउ: उग्रवादी संगठन डिमासा नेशनल लिबरेशन आर्मी (डीएनएलए) ले सरकारद्वारा उनीहरूको माग पूरा नगरिन्दा जंगलमा फर्किने धमकी दिएको छ। उसले जिल्ला मुख्यालय हाफलोङको हरङ्गाजाओमा आफ्नो निर्धारित क्याम्प नजिक मीडियासित कुराकानी गर्दै बुधवार यसको घोषणा गरेको छ।
स्वयम्भू डिप्टी सी-इन-सीले भने, हामी असम र भारत सरकारको आह्वानको जवाफमा संघर्ष विराममा आएका छौं। मलाई पूरा आशा थियो कि सरकारले हाम्रो मागहरू पूरा गर्नेछ तर अब डेढ़ वर्ष बितेपछि पनि सरकारले सकारात्मक प्रतिक्रिया दिएको छैन।
उनले थप भने, हामीले खाने सामग्री पनि राम्ररी पाईरहेका छैनौं। उपस्थित कार्यकर्ताहरूमध्ये आधालाई नै भोजन दिइन्छ जब १० क्याडर हुन्छन् तब भोजन पाँच क्याडरलाई नै दिइन्छ। यसैले उनले सरकारद्वारा उनीहरूको मागहरू पूरा नगरिए पुनः जंगल फर्किने धमकी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement