कुन्तलकी पत्नी जयश्रीसित पनि ईडीले गरे सोधपुछ

CollageMaker_20233160439723.jpg

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका तृणमूल नेता कुन्तल घोषकी पत्नी जयश्रीमाथि पनि ईडीले नकेल कस्नु शुरू गरेको छ ।केन्द्रिय एजेन्सीको समनमा बुधवार दिउँसो उनी सीजीओ कम्प्लेक्स स्थित ईडी अफिस पुगेकी छन्। धेरै महत्वपूर्ण दस्तावेजहरूबारे उनीसित सोधपुछ भईरहेछ।जानकारी अनुसार, कुन्तलले यस्ता धेरै सम्पत्तिहरू किनेको छ, जुन उनकी पत्नीको नाममा छ। यसबारे उनलाई थाहा छ र धेरै सम्पत्तिहरूमा उनले स्वयं हस्ताक्षर गरेकी छन्। उनीसित यस विषयमा सोधपुछ भईरहेछ। कुन्तलको एक इन्टरटेन्मेन्ट यूट्यूब च्यानल थियो, जसको नाम थियो नवकथा इनीशिएटिव यसमा जयश्रीले पनि भीडियो बनाउनेगर्थिन्। उनीसित यसबारे पनि सोधपुछ भईरहेछ।वस्तुतः गत २१ जनवरीमा नियुक्ति भ्रष्टाचार मामिलामा संलिप्त आरोपमा हुगली जिल्लाबाट तृणमूल युवा नेता कुन्तल घोषलाई ईडीले पक्राउ गरेको थियो। अब उनलाई पार्टीबाट पनि निष्कासित गरिएको छ। कुन्तलले जाँचमा सहयोग गरिरहेको छैन भनी आरोप छ पत्नी ईडीले नकेल कस्दा उनी दबावमा आउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement