राष्ट्रपति द्रौपदी मुर्मूललाई नागरिक सम्मान दिने तयारीमा ममता सरकार

President_Draupadi_Murmu_1667318910114_1667318910342_1667318910342.webp

कोलकाता: राष्ट्रपति द्रौपदी मुर्मू आगामी २७ मार्चको दिन कोलकाता आइपुग्नेछन्। त्यसै साँझ बंगाल सरकारले उनलाई नागरिक सम्मानद्वारा सम्मानित गर्ने निश्चय गरेको छ।नेताजी इनडोर स्टेडियममा आयोजना हुने उक्त सम्मान समारोहमा मुख्यमन्त्री ममता ब्यनर्जीको बाहुलीद्वारा राष्ट्रपतिलाई सो नागरिक सम्मान प्रदान गरिनेछ। मुख्यमन्त्रीले कार्यक्रम आयोजना गर्ने निर्देशि दिसकेकी छन्। उल्लेखनीय छ कि राष्ट्रपति द्रौपदी मुर्मूको विरोधमा ममता ब्यनर्जीको पार्टीका कतिपय नेताहरूले आपत्तिजनक टिप्पणी गरेका थिए जसलाई लिएर देशभरि नै आलोचना भएको थियो। विशेष ममता क्याबिनेटमा सहयोगी अखिल गिरीको बयानलाई लिएर विवादले गम्भीर रूप लिएको थियो। यसैले राष्ट्रपति बंगाल आइरहेको अवसरमा मुख्यमन्त्री ममता ब्यनर्जी आफ्नो तर्फबाट सुसन्देश दिने तयारीमा जुटेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement