ब्राउन सुगरसहित दुई व्यक्ति पक्राउ

91827456.jpg

गान्तोक: ड्रग्ससहित दुई व्यक्तिलाई जोरथाङ पुलिसले पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेकोहरूमा बैगुने निवासी चन्दन तामाङ र जोरथाङस्थित शान्तिनगर निवासी सागर लोहागुण रहेका छन्।
पुलिस रिपोर्ट अनुसार, शान्तिनगर, जोरथाङको पीडब्ल्यूडी कार्यालय छेउ आरोपितहरूले ड्रग्स बिक्री गरिरहेको सूचना प्राप्त भएको थियो। सूचना पाएर घटनास्थल पुगेको पुलिसले आरोपित व्यक्तिहरूबाट पुलिसले १.०९ ग्राम ब्राउन सुगर, १९० वटा विन्डलास विन्स्पास्मो क्याप्सुल, ४ वटा एन-टेन ट्याबलेट र नगद १० हजार ४३० रुपियाँ जफत गर्यो। पुलिसले आरोपितहरू विरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट (२००६) र एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गरेर जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement