बीएसएफको कौशल विकास कार्यक्रमको आयोजन

BSF_Flag.svg_.png

जलपाइगढ़ी: भारत-बांग्लादेश सीमामा तैनाथ बीएसएफका प्रहारी सीमावर्ती क्षेत्रका युवाहरूको कौशल विकासको निम्ति सदैव तत्पर रहन्छन्। यस क्रममा उत्तर बंगाल फ्रण्टियरका महानिरीक्षक अजय सिंहको गतिशील नेतृत्वमा जलपाइगढ़ी सेक्टरको ४०औं वाहिनी बीएसएफले कुचलीवाडी क्षेत्रमा सीमाका युवाहरूको निम्ति कोचिङ, कम्प्यूटर कोचिङ र इलेक्ट्रीशियनको प्रशिक्षण शुरू गरिएको छ। यसले सीमान्त क्षेत्रका युवाहरूलाई रोजगारको अवसर प्राप्त हुनेछ भने आफ्नो जीवन सफल बनाउन प्रभावी मद्दत मिल्ने आशा गरिएको छ।सीमा सुरक्षा बलद्वारा लगभग डेढ वर्षदेखि सीमा चौकी कुचलीबाडी र बीआरके बाडीमा भर्ती पूर्व प्रशिक्षण पनि प्रदान गरिंदैछ यस अन्तर्गत योग्य बीएसएफ कर्मीहरूद्वारा सीमावर्ती युवाहरूलाई कुशल शारीरिक प्रशिक्षण र लिखित परीक्षाको तयारी गराइन्छ। यस कार्यका लागि ती नानीहरूलाई खेल पोशाक, जुत्ता र पुस्तक आदि पनि बलद्वारा प्रदान गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement