चितुवाको तीन बच्चा चिया बगानको नालामा देखियो

Screenshot_20230315_230715_Editor-Lite.jpg

जलपाइगढ़ी: मटेली प्रखण्डको आइविल चिया बगानमा बुधवार चितुवाको तीन बच्चा भेटियो।यसपछि बगानमा सनसनी मचियो। श्रमिकहरूले चिया बगान नया कमान डिभिजनको सेक्शन- ११ए मा बिहान एउटा नालामा चितुवाको तीनवटा बच्चा देखे।सूचना पाएपछि आइविल चिया बगानका अधिकारीहरू त्यहाँ आइपुगे अनि श्रमिकहरूलाई सेक्शन खाली गर्न निर्देश दिए। अधिकारीहरूले यसको सूचना वन विभागलाई दिए। सूचना पाएर वन विभागको खुनिया स्क्वाडका वनकर्मीहरूले त्यहाँ आइपुगे। यसपछि, तीनवटै बच्चालाई वन विभागका कर्मचारीहरूले आफ्नो निगरानीमा राखेका छन्। वन विभाग अनुसार, चितुवा भोजनको खोजमा छेउछाउकै क्षेत्रमा हुनुपर्छ।साँझ परेपछि त्यहाँ आएर बच्चाहरू लिएर जानेछन्। यस कारण त्यहाँबाट बच्चाहरूलाई लिएर जानु उचित हुने छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement