ममता ब्यानर्जी बयान विरोध हाई कोर्टमा याचिका

1082983-mamata-banerjee.jpg

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार अलीपुर कोर्ट परिसरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नियुक्ति भ्रष्टाचार मामिलामा कोर्टको भूमिकामाथि प्रश्न उठाएकी थिइन्।
उनले न्यायिक फसेला लिनु पर्नेछ भनी बताएकी थिइन्। उनले मानिसहरूको नोकरी किन समाप्त गरिँदैछ भनेर प्रश्न गरेकी थिइन्। उनको यस बयानलाई कोर्टको अवमानना बताउँदै वरिष्ठ अधिवक्ता विकास रंजन भट्टाचार्यले कलकत्ता हाईकोर्टको ध्यानाकर्षण गरेका छन्। बुधवार उनले मुख्यमन्त्रीको यस बयानलाई अदालतको अवमानना ठहर गर्दै कोर्टमा आवेदनको अनुमति मागे न्यायमूर्ति टीएस शिलवज्ञानम र हिरणमय भट्टाचार्यको खण्डपीठले यसलाई स्वीकार गरेको छ। विकास रंजन भट्टाचार्यले भने, ममता ब्यानर्जीको बयान न्याय व्यवस्थामाथि प्रश्न मात्र होइन, तर कोर्टलाई चुनौती पनि हो यसको स्वतः संज्ञान लिएर अदालतको अवमाननाको सम्बन्धमा कारबाही गरिनु पर्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *