रत्न बहादुर गुरूङ विद्यालयको उदघाटन

IMG-20230317-WA0000.jpg

रिनाक: पाकिम जिल्लाअन्तर्गत तारपिन जीपीयूको रत्न बहादुर गुरुङ सरकारी माध्यमिक विद्यालयको आठ कोठे नयाँ स्कूल भवनको उद्घाटन हिजो क्षेत्र विधायक विष्णुकुमार खतिवड़ाको बाहुलीबाट गरिएपछि स्कूलमा विद्यार्थीहरूद्वारा राखिएको प्रर्दशनीको विधायक खतिवड़ासहित जिल्लास्तरीय अधिकारीसहित शिक्षा विभागका अधिकारीद्वारा निरिक्षण गऱ्यो।

विद्यालयको प्रेश्रागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक विष्णुकुमार खतिवड़ाले रिनाक निर्वाचन क्षेत्रमा रहेको एक सरकारी विद्यालयले गरेको प्रगति उदाहरणीय रहेको साथै आगामी समयमा अघि बढ़ेर जाने आर्शीवचन राखे। क्षेत्रमा भएको सर्वाङ्गीण विकास अनि स्कूलमा नयाँ भवन प्रदान गरिएकोमा विद्यालय पक्षबाट क्षेत्रका विधायक विष्णुकुमार खतिवड़ालाई अभिनन्दन गरियो।
कार्यक्रमको शुरू दिप प्रज्जवलन, वन्दना अनि स्कूलको प्रतिवेदन सहित प्रधानाध्यापिका हेम कल्याणी गुरूङले पेश गरिन् भने शिक्षक होमनाथ शर्माले स्कूलको ऐतिहासिक परिचयमाथि जानकारी गराए। यसका साथै स्थानीय एकता समूह क्लबसहित जिल्ला पंचायत द्वारा स्कूलको प्रधानाध्यापिकालाई पनि अभिनन्दन गरियो।
कार्यक्रममा स्कूलले वरिष्ठ शिक्षकद्वय होमनाथ शर्मा, एचबी गुरूङ, शिक्षिका डीके वशिष्ठ, कम्प्युटर शिक्षक एमबी बराईली, ठेकेदार डीबी छेत्री, अनूप अग्रवाल, भूतपूर्व जिल्ला पंचायत रिनाक तारपिन इन्दिरा हिङमाङ, पंचायत भरत छेत्री, पूर्व पंचायत सीता गुरुङ, वरिष्ठ नागरिक बालकृष्ण शर्मा, एमबी गुरुङ सहित जमीन दाताका परिवारहरू, विभिन्न सहयोगी कम्पनीहरूप्रति प्रशंसापत्र, स्मृति चिन्ह, अभिनन्दन पत्र प्रदान गरिएर सम्मान व्यक्त गरियो।

विद्यार्थीहरूको रंगारंग सांस्कृतिक नृत्यको प्रस्तुति रहेको कार्यक्रममा विधायकको साथमा पाकिम जिल्लाका पंचायत अध्यक्ष लाडेनला भोटिया, उपाध्यक्ष प्रभा प्रधान छेत्री, राज्य चुनाव आयुक्त तथा सचिव दुष्यन्त परियार, पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रबिन सेवा, महकुमा अधिकारी रिनाक, बीडीओ रिनाक आरके गुरूङ, जिल्ला, महकुमा अनि खण्ड स्तरीय शिक्षा विभाग अनि अन्य विभिन्न विभागीय सरकारी अधिकारीहरू, रिनाक अनि तारपिन जिल्ला पंचायत बबिता गदाईलीसहित अन्य ग्राम पंचायतगण, विभिन्न स्कूल प्रमुख, स्कूल प्रबन्धन समितिका सदस्यहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधी, शिक्षक शिक्षिका, विद्यार्थी अनि आम स्थानीयहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *