मुख्यमन्त्री दिउँसो अचानक सचिवालय पुगिन्

CollageMaker_2023315213421218.jpg

कोलकाता: मुख्मन्त्री ममता ब्यानर्जी राज्य सचिवालयमा गृह विभागको अफिसमा अचानक दिउँसो लगभग १२ बजी पुगिन्। उनी पुगेको समय केवल २५ प्रतिशत कर्मचारीहरूको मात्र उपस्थिति थियो।यसलाई लिएर सरकारी अधिकारीहरूको कार्यशैली एक पल्ट फेरि प्रश्नको घेरामा परेको छ। हावड़ा स्थित राज्य सचिवालय नवान्नमा मुख्यमन्त्रीको अफिस छ। यस बाहेक चौथो तलामा गृह विभागको अफिस छ। उनी जस्तै सचिवालयको गेटमा पुगिन् सुरक्षाकर्मीहरूलाई सीएमलाई लिएर चौथो तलामा जाने निर्देश दिइयो। यहाँ पहाड़ विभागको अफिस पनि छ। १२.३० बजी जब ममता त्यहाँ पुगिन् तब उनलाई थाहा लाग्यो कि केवल २५ प्रतिशत कर्मचारी आएका छन्। जुन कर्मचारी उपस्थित थिए उनीहरू खड़ा भए। ममताले घूमी घुमी धेरै कर्मचारीहरूको काम हेरिन्, अधिकारीहरूसित कुरा गरिन। सूत्रहरू अनुसार, उनले गृह सचिवसित यस सम्बन्धमा कुरा गरेकी छन् र अनुपस्थित कर्मचारीहरू विरुद्ध कारण बताओ नोटिस जारी गर्ने आदेश दिएकी छन्।

About Author

Advertisement