कोको गफ र टेलर फ्रिट्ज इण्डियन वेल्स टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा

CollageMaker_2023315203752202.jpg

१५ मार्चः अमेरिकी खेलाड़ी कोको गफले तेस्रो सेटमा एक ब्रेकले पछाड़िएपछि असाधारण पुनरागमन गर्दै स्वीडेनकी क्वालीफायर रेबेका पेटरसनलाई पराजित गरी बीएनपी परिबास इण्डियन वेल्स टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाइन्। गफले तेस्रो तथा निर्णायक सेटमा २-४-ले पछाड़िएपछि असाधारण पुनरागमन गरिन् अऩि ४-४-को स्कोरमा तीनवटा ब्रेक पोइण्ट बचाउँदै आफ्नो सर्विस कायम राखिन् अनि अघिल्लो गेममा म्याच आफ्नो नाम गरिन्। उनले म्याच ६-३, १-६, ६-४-ले जितिन्। चार साल अघि रेबेकाले त्यस समय १४ वर्षीय गफलाई मिशिगनमा च्यालेञ्जर टुर्नामेण्टमा पराजित गरेकी थिइन्। छैटौं वरीयता प्राप्त खेलाड़ी गफले क्वार्टर फाइनलमा दोस्रो वरीयता प्राप्त एरीना सबालेंकाकी चुनौती स्वीकार्नेछिन्, जसले १६औं वरीयता प्राप्त बारबरा क्रेसिकोवालाई ६-३, २-६, ६-४-ले पराजित गरिन्। चौथो राउण्डको अन्य एउटा म्याचमा सातौं वरीयता प्राप्त मारिया सक्कारीले १७औं वरीयता प्राप्त केरोलिना प्लिसकोवालाई ६-४, ५-७, ६-३-ले पराजित गरिन्। यसरी नै पुरुष एकल वर्गमा गत च्याम्पियन टेलर फ्रिट्जले मार्टोन फुकसोविक्सलाई ६-४, ६-३-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाए। पाँचौं नम्बरका खेलाड़ी रुसका दानिल मेदवेदेवले १२औं वरीयता प्राप्त जर्मनीका एलेक्सान्द्र ज्वेरेवलाई ६-७, ७-६, ७-५-ले अनि १०औं वरीयता प्राप्त ब्रिटेनका क्यामरन नोरीले छैटौं वरीयता प्राप्त आन्द्रे रुबलेवलाई ६-२, ६-४-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement