जेम्स एण्डरसनलाई पछि छोड़ेर नम्बर एक बलर बने आर अश्विन

IMG-20230315-WA0222.jpg

१५ मार्चः अष्ट्रेलिया विरुद्ध बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको चौथौ म्याचमा असाधारण बलिंग गर्ने भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विन बुधवार जारी आईसीसीको नवीनतम् ऱ्यांकिंगमा बलरहरूका सूचीमा शीर्ष स्थानमा पुगेका छन्। अफ् स्पिनर अश्विनले बलरहरूका निम्ति मुश्किल अहमदाबादको पीचमा पहिलो ईनिंग्समा ६ विकेट हासिल गरेका थिए। उनले चारवटा टेस्ट म्याचको सीरीजमा सर्वाधिक २५ विकेट लिएका थिए। यसले उनलाई ऱ्यांकिंगमा फाइदा भएको छ अनि अहिले ईंग्ल्याण्डका पेस बलर जेम्स एण्डरसनभन्दा १० पोइण्ट अधिक लिएर शीर्ष स्थानमा पुगेका छन्। ऱ्यांकिंगमा उनका साथी देब्रे हातका स्पिनर रविन्द्र जडेजालाई चाहिँ एक स्थानको नोक्सान भएको छ अनि अहिले उनी नवौं स्थानमा रहेका छन्। यसबीच अक्षर पटेल चाहिँ ६ स्थान अघि बढ़ेर २८औं स्थानमा पुगेका छन्। अष्ट्रेलिया विरुद्ध सीरीजमा ब्याट र बल दुवैको साथ योगदान दिने पटेल अलराउण्डरहरूका ऱ्यांकिंगमा पनि दुई स्थानको सुधार गरेर चौथो स्थानमा पुगेका छन्। यस सूचीमा जडेजा र अश्विन शीर्ष दुईमा कायम छन्। चोटले गर्दा टीमबाट बाहिर रहने जसप्रीत बुमराह बलरहरूका ऱ्यांकिंगमा सातौं स्थानमा रहेका छन्। उनलाई एक स्थानको नोक्सान भएको छ। ब्याटरहरूका सूचीमा चोटग्रस्त रिषभ पन्त (नवौं) र रोहित शर्मा (१०औं) शीर्ष दशमा सामेल भारतीय हुन्। चौथो टेस्टमा १८६ रनको ईनिंग्स खेल्ने विराट कोहली सात स्थानको सुधार सहित १३औं स्थानमा पुगेका छन्। ओपनर शुभमन गिल पनि १७ स्थान अघि बढ़ेर ४६औं स्थानमा पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement