श्रेयस अय्यर अष्ट्रेलिया विरुद्ध वनडे सीरीजबाट बाहिर

IMG-20230315-WA0220.jpg

१५ मार्चः भारतीय क्रिकेट टीमका फील्डिंग कोच टी दिलीपले बुधवार मध्यक्रमका ब्याटर श्रेयस अय्यर ढाड़को तल्लो हिस्सामा रहेको चोटले गर्दा अष्ट्रेलिया विरुद्ध शुक्रवारदेखि शुरु हुने तीनवटा म्याचको वनडे सीरीजबाट बाहिर भएको आधिकारिक रूपमा पुष्टि गरे। यसअघि ११ मार्चमा अय्यर वनडे सीरीजबाट बाहिर भएको खबर प्रकाशमा आएको थियो। चोटले गर्दा मुम्बईका यस ब्याटरले इण्डियन प्रीमियर लीग (आईपीएल)-मा पनि हिस्सा नलिने खबर रहेको छ। अय्यर कलकत्ता नाइट राइडर्स टीमका कप्तान हुन्। अहिले उनी रिह्याबिलिटेशन प्रक्रियाको निम्ति बेंगलुरु स्थित नेशनल क्रिकेट एकाडमीमा रहेका छन्। उनले जसप्रीत बुमराह र प्रसिद्ध कृष्णाले जस्तै सर्जरी गराउने आवश्यकता छ या छैन भन्ने चाहिँ अहिलेसम्म स्पष्ट भएको छैन। टी दिलीपले भने, चोट लाग्नु खेलको हिस्सा हो। हामीसँग सर्वश्रेष्ठ चिकित्सा सुविधा उपलब्ध छ। हामी नेशनल क्रिकेट एकाडमीसँग सम्पर्कमा छौं। श्रेयस वनडे सीरीजबाट बाहिर भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement