मिरिक: पहिलो चियापत्ती टिपाईसितै श्रमिकहरूका लागि पूजा बोनस र निम्नत्तम रोजगार अधिनियम लागु गर्नुपर्छ भनी हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता लाडुप घिसिङले आज मिरिकमा बताएका छन्। लाडुप घिसिङ र उनको टिम आज मिरिकको ओकाईटी चियाबारीमा प्रबन्धकसित भेटघाट गरी लिखित अर्जी पत्र बुझाएका छन्। उक्त कार्यपछि ओकाइटी चियाबारीको श्रमिकहरू काम गरिरहेको मेलोमा गएर चियाबारी श्रमिकहरूलाई सम्बोधन गरेका थिए। उनले यस अवसरमा बोल्दै भने,’आज हामी ओकाईटी चियाबारीक प्रबन्धकसित भेटघाट गरी लिखित अर्जी पत्र बुझाएका थियौं र त्यही विषयमा तपाईहरूलाई पनि जानकारी गराउन आएका हौं।’
उनले अहिलेको समयमा यस सिजनको पहिलो चियापत्ती टिपाईसितै पूजा बोनस र निम्नत्तम रोजगार अधिनियम लागु गर्नुपर्छ भनी मांग गरेका छन्। लाडुप घिसिङले अघि भने, अहिले पर्जा पट्टा र श्रमिकहरूको आई कार्ड विषयमा चर्चा परिचर्चा चलिरहेको छ। तर पर्चा पट्टा वितरण कार्यमा ठूलो समस्या छ त्यसैले हामीले प्रबन्धकलाई अहिले हतार नगर्नु भनी भनेका छौं।’
उनले अझ भने, ‘श्रमिकहरूको आई कार्डभन्दा त बरू श्रमिकहरूले पाउने सहुलियतहरू सबै वितरण गरिएको राम्रो हुन्छ।’










