हिन्दु धर्मको प्रचार प्रसार साथै मन्दिरहरूकाे निर्माण र संरक्षणमा सक्रिय कार्य गरिरहेका छौं: डा विष्णु प्रसाद बराल

IMG-20230315-WA0216.jpg

मिरिक: विश्व मानव अधिकार सुरक्षा समितिका अन्तर्राष्ट्रिय उपाध्यक्ष एंव नेपाल हिन्दु राष्ट्र पुन स्थपना मन्चका संस्थापक
डाक्टर विष्णु प्रसाद बरालले बुधबार मिरिकमा पत्रकारहरूसित कुराे गर्दै हिन्दु धर्मकाे प्रचार प्रसार र मन्दिरहरूकाे निर्माण र संरक्षणमा सक्रिय कार्य गरिरहेकाे दाबी गरेका छन्। तिनले मिरिक महकुमाकाे महादेवटार शिवधाम परिसरलाई पनि धार्मिक पर्यटनकाे क्षेत्रमा विकसित गर्ने आफूहरूकाे याेजना रहेकाे जानकारी गराँउदै यहाँकाे भाैगाेलिक वस्तुस्थिति बुझेपछि अघिल्लाे कार्यलाई अघि बडाइनेछ भने। तिनले वर्तमानमा कतिपय हिन्दु धर्म मान्नेहरूले धर्म परिवर्तन गरिरहेकाे जाे के कारणले भइरहेछ यस विषयमा पनि गम्भीरता पूर्वक विमर्श गरेर धर्म परिवर्तन राेक्ने दिशामा पनि हामीले कार्य गरिरहेका छा‌ै भन्दै हिन्दु धर्म पाैराणिक धर्म हाे। जसकाे संरक्षण हुन आवश्यक रहेकाे कारण नै हामीले कार्य थालेका हाै भने। यस अवसरमा महादेवटार शिवधामका सदस्यहरू अनिल प्रधान, विरेन्द्र प्रधान पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement