टिस्टाभेल्लीमा भईरहेको जल जीवन मिशनको कार्यमा लापरवाहीलाई लिएर गोरामुमो टोलीद्वारा स्थलगत निरीक्षण

IMG-20230315-WA0208.jpg

दार्जिलिङ: टिस्टा भेल्लीमा जल जीवन मिशन कार्यमा लापरवाही भएको भन्दै गोरामुमोद्वारा स्थलगत निरीक्षण गरेका छन्। गोरामुमोद्वारा टिस्टा भेल्लीमा सम्पन्न भइरहेको केन्द्रीय परियोजना अन्तर्गत जल जीवन मिशन कार्यमा ठेकेदारले लापरवाही गरेको जनगुनासो आएपछि गोरामुमोले आज स्थलगत भ्रमण गरी निरीक्षण गरेका छन्। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका महासचिव सन्दिप लिम्बू, केन्द्रीय समिति सदस्य किशोर राई, तकदाह टिस्टाभेल्ली समष्टिका अध्यक्ष सुदेश राई, सचिव प्रमित राई साथै टिस्टा भेल्ली शाखाका सम्पूर्ण प्रतिनिधिवर्गको टोलीले निरीक्षण गरेको जानकारी प्राप्त भएको छ।

निरीक्षणपछि पत्रकारहरुलाई जानकारी गराउँदै गोरामुमो दार्जिलिङ ब्राञ्ज कमिटीको महासचिव सन्दिप लिम्बूले भने, जल जीवन मिशन कार्यमा धेरै लापरवाही भएको हामीले पायौं। टिस्टा भेल्लीका जनताले पनि हामी समक्ष धेरै गुनासो पोखेका छन्। पाइप बिछ्याएर पनि नलमा अहिलेसम्म पानी आएको छैन। जुन हिसाबले नलहरु बनाउनु पर्ने थियो तर सही ढंगले नबनिएको साथै एउटै ट्याङ्कीबाट एक सय घर अनि पचास घरलाई पानी वितरण गरिएको छ। यो कसरी सम्भव छ।’

जीटीए प्रमुखको आडमा ठेकेदार र सम्बन्धित विभागले धाँधली गरिरहेको सन्दिप लिम्बुले आरोप लगाएका छन्। पिन्टेल भिलेजमा जीटीए प्रमुख अनित थापाले आफ्नो नजिकको ठेकेदारहरुलाई काम बाँढ़ेको कारण पनि अनित थापाले कार्यहरु निरीक्षण गर्नु नसकेको सन्दिप लिम्बुले जनाएका छन्। उनले थप जानकारी गराउँदै यो जल जीवन मिशनलाई सफल बनाउनको निम्ति जनताको हातमा पनि रहेको र कार्यहरु सही ढंगले गरेको छ कि छैन निरीक्षण गर्नु पर्ने सुझाव दिएका छन्। यसको साथै जबसम्म घर घरमा पानी आउँदैन साथै एक महिनासम्म सुचारु रुपले पानी आउँदैन तबसम्म बिचार पनि गर्नु पर्ने त्यसपछि मात्र आफ्नो आधार कार्ड ठेकेदारलाई बुझाउनु पर्ने भनी सन्दिप लिम्बुले थप सुझाव दिएका छन् ।यसै क्रममा टिस्टा भेल्लीमा जल जीवन मिशनमा लापरवाही भएको कारण यसलाई निरीक्षण गरी कार्वाही गरिदिने मांग गर्दै रङ्ली रङ्लीयट खण्ड विकास अधिकारीलाई भेटघाट गरी गोरामुमो टोलीले ज्ञापन पत्र समेत बुझाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement