पोख्रेबुङका युवाहरूद्वारा अजय एडवाडर्सप्रति आभार प्रकट

00-1-IMG-20230315-WA0172

दार्जीलिङ: जीटीए सभा र सत्ताधारी पार्टीले गर्नुपर्ने काम हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले आफ्नो नीजि कोषबाट गरिदिएको भन्दै पोख्रेबुङवासीले आभार प्रकट गरेका छन्। गत केही महिना अघि अजय एडवाडर्सले पोख्रेबुङ-चामोङ समष्टिको भ्रमणमा जाँदा सेलेबुङदेखि चामोङ जाने बाटोको जीर्ण अवस्थाको लागि एक सय बेग सिमेन्ट दिएको बताइएको छl आज अजय एडवडर्सले अचानक पोख्रेबुङ-चामुङ समष्टि गएका थिए। स्थानीय बासिन्दाहरूले बाटो जीर्णद्वारको निम्ति अजय एडवडर्सले एक सय बेग सिमेट प्रदान गरेको साथै स्थानीय युवा भाइहरूले अर्थ संग्रह गरेर बाटो जीर्णद्वारको कार्य पूरा गरेको बताए। स्थानीय युवाहरूले डाकमान डाडा देखि स्कूल गाउँसम्म जाने बाटोको अति नै जीर्ण अवस्था रहेको थियो। गाडी चालकहरूलाई गाडी चलाउन समस्या हुने, गाउँ-घरमा बिमार भएको खण्डमा धेरै असुविधाहरू हुने गरेको र अहिले केही हदसम्म गाडी चल्नसक्ने भएको स्थानीय युवाहरूले बताए। यसैक्रममा अजय एडवडर्सले उपस्थित गाउँवासीलाई सम्बोधन गर्दै भने, ‘मैले केवल सिमेन्ट  मात्र दिए, तर स्थानीय युवा भाइहरू रात दिन खटेर बाटोको जीर्ण अवस्थालाई ठीक गर्ने काम गरेको छl यो ठूलो विषय हो अनि यसको निम्ति स्थानीय युवा भाइहरू बधाईका पात्र छन्l’ बाटो जीर्णद्वारको निम्ति गोजमुमो अध्यक्ष विमल गुरूङले पनि आर्थिक सहयोग गरेको थाहा पाएको बताउँदै अजय एड्वर्ड्सले धन्यवाद जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement