एडवाडर्सद्वारा पोख्रेबुङ समष्टिको भ्रमण

IMG-20230315-WA0172.jpg

दार्जीलिङ: जीटीए सभा र सत्ताधारी पार्टीले गर्नु पर्ने काम हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले आफ्नो नीजि कोषबाट गरी दिए भन्दै पोख्रेबुङवासीले आभार जनाएका छन्। गत केही महिना अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोख्रेबुङ चामुङ समष्टिको भ्रमणमा गरेका थिए। त्यस अवधि पोखरेबुङ चामुङ समष्टि अन्तर्गत पर्ने सेलेबुङदेखि चामुङ जाने बाटोको जीर्णावस्था देखेर बाटोको जीर्णोद्वार गर्न एक सय ब्याग सिमेन्ट दिएका थिए। स्थानीय युवाहरूले बाटोको जीर्णोद्वारको कार्य पूरा गरेको छ। आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अचानक पोख्रेबुङ चामुङ समष्टिको भ्रमण गरेका छन्। यस अवधि स्थानीय वासिन्दाहरूले उनलाई स्वागत जनाएका थिए।यसै क्रममा स्थानीय बासिन्दाहरूले बाटोको जीर्णोद्वार आदि जस्ता कार्यहरू जीटीए सभा र सत्ताधारी पार्टीले गर्नु पर्ने हो तर उनीहरूले नगर्दा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बाटोको जीर्णोद्वार गर्न एक सय ब्याग सिमेट प्रदान गरेको थिए अनि स्थानीय युवा भाइहरूले अर्थ संग्रह गरेर बाटोको जीर्णोद्वारको कार्य पूरा गरेको बताए। स्थानीय युवाहरूले डाकमान डाँडादेखि स्कूल गाउँसम्म जाने बाटोको अति नै जीर्ण अवस्था रहेको थियो। गाडी चालकहरूलाई गाडी चलाउन पनि काफी समस्या हुने गर्दथ्यो। गाउँ घरमा दुःख विमार भएको खण्डमा धेरै असुविधाहरू हुने गर्दथ्यो। तर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले एक सय ब्याग सिमेन्ट दिएर अहिले केही हदसम्म गाडी हिड्न सक्ने बाटोको अवस्था भएको स्थानीय युवाहरूले बताए।

यसै क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले उपस्थित भीडलाई सम्बोधन गर्दै मैले केवल सिमेन्ट मात्र दिए तर स्थानीय युवा भाइहरू रात दिन खटेर बाटोको जीर्ण अवस्थालाई ठीक गर्ने काम गरेको छ यो ठूलो विषय हो अनि यसको निम्ति स्थानीय युवा भाइहरू बधाईका पात्र छन् तिनले भने। अध्यक्ष एडवाडर्सले अघि भने, ‘हुन त यी कार्यहरू सरकार एंव सत्ताधारी पार्टीले गर्नु पर्ने हो तर सरकारको अवस्थाबारे सबैलाई थाहा भएकै विषय हो।बाटोको जीर्णोद्वारको निम्ति विमल गुरूङ दाजुले पनि आर्थिक सहयोग गर्नु भएको थाहा पाए। यसको निम्ति दाजुलाई पनि धन्यवाद छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement