सोनादा: भूतपूर्व सैनिक संगठनद्वारा ४/८ जीआर राईजिङ डे कार्यक्रम रंगबुलको गुराँसे डाँड़ास्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भूतपूर्व सैनिक लोकबहादुर थापा उपस्थित रहेका थिए। गणेशप्रसादले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण भूतपूर्व सैनिक सत्यान घलेले राखेका थिए। कार्यक्रममा भूतपूर्व सैनिक महेन्द्र छेत्रीले भूतपूर्व सैनिक संगठनको पक्षबाट राखेका थिए। यसै सभामा भूतपूर्व सैनिक संगठनको नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति प्रवीण चन्द्र तामाङ र सत्यन घले, सचिव ज्ञानबहादुर तामाङ, सह सचिव सन्तोष गुरुङ, कोषाध्यक्ष प्रकाश गुरुङ र सेवन प्रधान, मुख्य सल्लाहकार सञ्जय थापा, मनोज थपा, राजेन प्रधान, पासाङ शेर्पा लगायत चारजना कार्यकारी सदस्याहरू पनि चयन गरिएको छ। आजको ४/८ जीआर ८३ राईजिङ डे विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भूतपूर्व सैनिक संगठनको उपाध्यक्ष सत्यन घलेले हाम्रो पल्टनको स्थापना भएको 83 औं वर्ष पूरा भएकोमा यसरी भूतपूर्व सैनिक संगठनद्वारा राईजिङ डे पालन गरिएको बताएका छन्। उनले हाम्रो पल्टन आजकै दिन १५ मार्च १९४१ सालमा शिलङमा स्थापना भएको र यो आजको दिन हाम्रो लागि खुशीको दिन रहेको बताउँदै आजको दिन नै हामीले भूतपूर्व सैनिक संगठनको गठन गरिएको बताएका छन्। घलेले आजको कार्यक्रममा हाम्रो भूतपूर्व संगठनको प्रतिनिधिहरू कालेबुङ, सिलगढी, बिजनबारी लगायत विभिन्न क्षेत्रहरूबाट आएको पनि बताए।










