दार्जिलिङ जिल्ला वामफ्रन्टद्वारा घोषणा पत्र जारी

19-30-45-cbe59458-254a-47cd-94a0-dcab3eabeb26.jpg

सिलगढी: आगामी २६ जुनको दिन सिलगढी महकुमा परिषदको चुनाउ सम्पन्न हुने भएको छ। आज दार्जिलिङ जिल्ला वामफ्रन्टले सिलगढी महकुमा परिषदको चुनाउको निम्ति घोषणा पत्र जारी गऱ्यो। सिलगढीस्थित पार्टी कार्यालय अनिल विश्वास भवनमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वामफ्रन्टले चुनावी घोषणा पत्र जारी गरेको छ। ग्रामीण मानिसहरूको हितमा प्रशासनिक व्यवस्था मानिसहरूको घर-घरमा पुयाउने मुख्य लक्ष्य रहेको वाम नेतृत्वहरूले उक्त घोषणा पत्रमा उल्लेख गरेका छन्। र्कोतिर, राज्यको द्वारे सरकार परियोजनाको वामफ्रन्टले नक्कल गरेको तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ। यस सम्बन्धमा गौतम देवले भने, धेरै वर्षसम्म वामफ्रन्ट सत्तामा रहे तापनि केही गर्न सकेन। तर अहिले ममता ब्यनर्जीको द्वारे सरकार परियोजनाको नक्कल गरिरहेको छ। यस अवसरमा जिल्ला सीपीएमका संयोजक जीवेश सरकार, पूर्व मेयर अशोक भट्टाचार्य, तापस सरकार, समन पाठक लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

About Author

Advertisement