सिलगढी: अप्रेलपछि कुनै पनि निजी संस्थालाई कञ्चनजङ्घा स्टेडियम मैदान प्रयोग गर्न दिइने छैन। बुधवार कञ्चनजङ्घा स्टेडियम मैदानको निरीक्षण गरेपछि सिलगढीका मेयर गौतम देवले यस्तो बताएका हुन्। मुख्यमन्त्रीको औपचारिक कार्यक्रमपछि सिलगढीको कञ्चनजङ्घा स्टेडियमको मैदानमा क्षति पुगेको थियो। यसपछि मेयर गौतम देवले कञ्चनजङ्घा रंगशालालाई पुरानै स्वरुपमा फर्काउन पहल गरेका छन्। उनले जतिसक्दो चाँडो मैदानको जीर्णोद्धारको काम सुरु गरी सिलगढीका जनतालाई अर्को सुन्दर मैदान उपलब्ध गराउने बताए। त्यसैकारण मेयरले बुधबार फेरि मैदानको भ्रमण गरेका हुन्। सबै पक्षको निरीक्षण गरेपछि उनले अरिजित सिंह र अप्रेलमा हुने अर्को कार्यक्रमपछि रंगशालालाई खेलकुदबाहेक अन्य कुनै पनि कार्यक्रमका लागि प्रयोग गर्न नदिने बताए।










