अवैध निर्माण विरुद्ध नगरपालिकाको बुलडोजर

98efb308-678b-4316-b8b6-30357b80468c

सिलगढी: सिलगढीका फुटपाथहरू दिनहुँ कब्जा भइरहेको छ। व्यापारीहरूको एक वर्ग सडक कब्जा गर्न पछि हटेको छैन। र यही कारणले गर्दा सिलगढी सहरले दिनहुँ ट्राफिक जामको सामना गर्नुपर्ने हुन्छ। छिटपुट दुर्घटना पनि भइरहेका छन्।
केही मानिसले सडक र फुटपाथमा पसल पनि बनाएका छन्। यस्तै एउटा घटना सिलगढी सहरको ४२ नम्बर वडामा भएको छ। पूर्वी बाइपासको भक्तीनगर पुलिस थाना अगाडिदेखि आशिघर टर्नसम्मका दुबै छेउमा पसलहरू बनेका छन्। धेरै पसले पक्की पसल बनाएर व्यवसाय गर्न थालेका छन्। स्थानीय राजनितिक ब्यक्तिहरूको हस्तक्षेपमा यो सडक कब्जा गर्ने व्यवसाय चलेको थाहा छ। बुलडोजरले भत्काइयो ती अवैध निर्माण। सिलगढी महानगरपालिकाले बुधबार बिहान भक्तिनगर थानाबट रोय कोलोनी मोडसम्म यो अभियान सुरु गरेको हो। महानगरपालिका र भक्तिनगर थानाको भारी प्रहरी टोलीले उक्त क्षेत्रमा बुलडोजर प्रहार गरेको थियो। एकपछि अर्को गर्दै अवैध निर्माण भत्काएका छन्। यो कारबाहीमा महानगरपालिकाको विरोध भएपनि पुलिसले स्थितिलाई नियन्त्रणमा लिएको थियो। लामो समयदेखि व्यवसायीलाई सडक छोड्न आग्रह गरे। तर दिनदिनै पूर्वी बाइपासको दुबै छेउका फुटपाथ कब्जा गरेर व्यापार गर्न थाले! अन्ततः बुलडोजर गयो। सबै अवैध निर्माण भत्काइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement