सिलगढीःसिलगढी फोटोग्राफर एसोसिएसनद्वारा आयोजित पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रदर्शनी सह प्रतियोगिता आगामी मार्च १८ बाट सुरु हुँदैछ। आज सिलगढी फोटोग्राफर एसोसिएसनले सिलगढीको रामकिंकर हलमा अन्तर्राष्ट्रिय फोटोग्राफी प्रदर्शनी सह प्रतियोगिताको बारेमा पत्रकार सम्मेलनको आयोजना गर्यो। प्रदर्शनी १८ देखि १९ मार्च दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म चल्नेछ ।सिलगढी मेयर गौतम देव र उपमेयर रञ्जन सरकार विशेष अतिथि हुनेछन्।










