बलिवुडकी सशक्त नायिका आलिया भटको जन्मदिन

Alia-Bhatt-1

मुम्बई: बलिवुडको लोकप्रिय नायिका आलिया भट को आज ३०औं जन्मदिन हो। आलियाको जन्म १५ मार्च १९९३ मा महेश भट को परिवारमा भएको हो। आलिया भट  बलिउडकी उत्कृष्ट अभिनेत्री मध्येकी एक हुन्। सन् २०१२ मा, जब आलिया भट  १९ वर्षकी थिइन्, उनले करण जोहरको फिल्म ‘स्टुडेन्ट्स अफ द इयर’बाट बलिउडमा मुख्य अभिनेत्रीको रूपमा डेब्यु गरेकी थिइन्। बलिउडकी अभिनेत्री आलिया भट  जब करियरको शिखरमा थिइन्, तब उनले एक वर्षभित्रै विवाह गर्ने र नानी जन्माउने निर्णय गरेकी थिइन्। आलियालाई यसका लागि कुनै पछुतो छैन, उनी आफ्नो बलियो कमब्याकमा धेरै विश्वस्त छिन्। आलिया भट  एक सुन्दर अभिनेत्री मात्र होइन, अभिनयमा पनि उनको शक्ति छ। फिल्म ‘स्टुडेन्ट अफ द इयर’मा आलियाको अभिनयको निकै चर्चा भएको थियो। फिल्म र यसका गीतहरु निकै हिट भएका थिए। जब आलिया भट  आफ्नो करियरको शिखरमा थिइन्, तब उनले आफ्नो सपनाको राजकुमार रणवीर कपुरसँग विवाह गर्ने निर्णय गरिन्। आलियाले १४ अप्रेल २०२२ मा रणवीरसँग विवाह गरिन्। यसै वर्ष ६ नोभेम्बरमा आलिया भट ले राहा नामकी छोरीलाई जन्म दिइन्। एक अन्तर्वार्तामा आलियाले आमा बन्नेले काम वा करियरमा केही फरक परेको भए आफूलाई त्यसको वास्ता नगर्ने बताएकी थिइन्। कसले भन्छ विवाह र नानी जन्माउँदा काममा केहि परिवर्तन गर्नुपर्छ? र परिवर्तन आयो भने मलाई मतलब छैन। आलिया आफ्नो निर्णयबाट निकै खुशी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement