दार्जिलिङ: दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ कैजले ग्राम पञ्चायतको वार्ड नम्बर चारमा आज बिहानै वाहन दुर्गघटना भएको जानकारी प्राप्त भएको छ। उक्त वाहन दुर्घटनामा परेर एकजनाको घटनास्थलमै निधन भएको छ। घटनानुसार बिजनबारीबाट कैजलेतर्फ गइरहेको डब्ल्युबी ७६-५०६८ नम्बरको स्पेसियो वाहन मानेडाँडा नजिकै अनियन्त्रित भई बाटोमुनि खसेपछि वाहनमा रहेको एक यात्रीको घटनास्थलमै ज्यान गएको थाहा लागेको छ। वाहनमा चालकसँगै तीनजना सवार रहेको थाहा लागेको छ।

वाहन दुर्घटनाको कारण हालसम्म थाहा नलागेको भए पनि घटनास्थलमा प्रशासन पुगेर छानबीन शुरु गरिसकेको छ। अर्कोतिर मृत्यु हुने व्याक्ति हालसम्म चिन्हित हुन नसकेको बताइएको छ।










