१५ मार्चः इटलीको क्लब इण्टर मिलानले एफसी पोर्तोको चुनौतीलाई पार गरी यूएफा च्याम्पियन्स लीग फूटबलको क्वार्टर फाइनलमा स्थान बनायो। राउण्ड अव् सिक्स्टीनमा यी दुई टीमबीच मंगलवार अबेर राति खेलिएको दोस्रो लेगको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसअघि आफ्नो होम ग्राउण्डमा एकमात्र गोलको साथ जीत हासिल गरेको हुनाले समग्रमा १-०-ले विजयी भएर इण्टरले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। पोर्तुगलको टीम पोर्तोले आफ्नो होम ग्राउण्डमा इण्टरलाई चरम दबाउमा राख्यो।

म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्दै पोर्तोले २१ पल्ट विपक्षी पोस्टमा हमला गरे पनि गोल हासिल गर्न सकेन। म्याचमा चरम दबाउबीच दुवै टीमका खेलाड़ीहरूले प्रशस्तै फाउल पनि गरे। यस अवधि पोर्तोका दिग्गज डिफेण्डर पेपे-लाई म्याचको अन्तिम क्षणमा रेड कार्ड पनि देखाइयो।










