नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ६१८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,९१,९५६ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले हिमाचल प्रदेशमा १ जना र कर्नाटक मा २, महाराष्ट्र मा २ र उत्तराखंड मा १ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७८९ पुगेको छ। यसरी नै यस अवधिमा ३१९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५६,९७० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ४,१९७ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ९५,३८५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,९९,११,५०६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ८,००० जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,७१,२३६ जनाले यो खोप लगाइसकेको छन्।










