कालचिनी: राज्य सरकारद्वारा चिया श्रमिकहरूको रोज वृ्द्धि १५ प्रतिशतको दरमा अन्ततः ३० रुपियाँ गरेर बढ़ेको मेमोरेन्डम पत्र आज राज्यको श्रम विभागले सार्वजनिक गरेपछि अबउसो श्रमिकहरूको दैनिक हाजिरा रु. २०२ बाट बढ़ेर २३२ रुपियाँ भएको र यो वृद्धि गत १ जनवरीदेखि लागु भएको बताइएको छ। सीसीपीएदेखि शुरु गरेर डीबीआईटीए, टीबीआईटईए, टीएआई, लगायत ८ वटा चियाबारी सञ्चालक एसोसिएशन, ३३ वटा ट्रेड यूनियनहरू सबैलाई यसको प्रतिलिपि दिएको बताइएको छ। अन्तरिम रुपमा चियाबारी श्रमिकहरूले अब २०२ बाट २३२ रुपियाँ गरेर प्रतिदिन रोज पाउने भएका छन् भने २०२२ को जनवरी १ तारीकबाट यो रोज वृ्द्धि लागु भएको राज्यको श्रम विभागको श्रम आयुक्त अमरनाथ मल्लिकद्वारा हस्ताक्षरित मेमोरेन्डम सार्वजनिक भएको छ। जनवरी १ को २०२२ देखिको बकाया बढ़ती श्रमिकहरूलाई सम्बन्धित कमान कर्तृपक्षले दिने निर्देश पनि सो मेमोरेन्डममा बताइएको छ। यता राज्य सरकारको एक्ले निर्णयमा यो १५ प्रतिशतको न्यूनतम रोज वृ्द्धिलाई स्वीकार गर्न नसकिने भन्दै जोइन्ट फोरम लगायत अन्य विरोधी राजनीतिक दलका ट्रेड यूनियनहरूले आन्दोलन जारी राख्ने जनाएका छन्।









