खरसाङमा कर्मी सभा गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले घोषणा गर्यौ ‘मिशन पञ्चायत’

CollageMaker_202331422433440.jpg

अब हामी मिशन पञ्चायतमा लाग्नुपर्छ: अनित थापा

खरसाङ: कर्मी छ र नै पार्टी छ। अब पार्टीको सबै कर्मी मिशन पञ्चायत लिएर अघि बढ्नुपर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आगामी पञ्चायत चुनावलाई केन्द्रमा राखेर आज खरसाङ नगिज गौरी शंकर सार्वजनिक भवनमा राखिएको कर्मी सभालाई सम्बोधन गर्ने क्रममा घोषणा गरेका छन्।
पार्टीको कार्यक्रमलाई जनतामाझ लैजाने उद्देश्य राखेर आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो सांगठनिक गतिविधिलाई बढाएको छ। पार्टी सूत्र अनुसार सांगठनिक कार्यक्रम अब निरन्तर रूपमा सम्पन्न हुनेछ। अनित थापाले सम्बोधनमा भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई यहाँ
सम्म पुर्याउनु पार्टीको कार्यकर्ता, समर्थक अनि नेतृत्वहरुको कारणले नै हो। एक एकजनाको योगदान छ। कर्मी छ र नै पार्टी छ। कार्यकर्ताको योगदानको कारण नै आज कोही सभासद छन् भने कोही कुनै न कुनै कुर्सीमा छन्। त्यो योगदानलाई कसैले भुल्नु हुँदैन।”
पार्टीको प्रत्येक कार्यकर्ताले आगामी हुने पञ्चायत चुनावमा दिलो ज्यान लगाएर काम गर्नुपर्ने बताउँदै उनले भने, “यदि पार्टीको धरातललाई बलियो बनाउनु हो भने, पञ्चायत चुनाव हामीले जितेको हुनुपर्नेछ।”
हामीले जीटीए चुनाव जितेको ६ महिना मात्र भएको छ। हामीले पार्टी धेरै दुःख गरेर स्थापना गरेका हौं। प्रत्येक कार्यकर्ता पार्टीको संस्थापक सदस्य हुन् भन्दै उनले कार्यकर्ता हरुको हौसला बढाए। उनले अझ भने, “बीजीपीएमको झण्डा र पार्टीले धेरै ठूलो सपना बोकेको छ। पञ्चायती व्यवस्था फर्काएर ल्याउँछौ भनेर हामीले घोषणा नै गरेका थियौं। आगामी अप्रेल महिनामा चुनावको घोषणा हुनु सक्छ। यसपालीको चुनावमा बुथ स्तरदेखि भातृ संगठनले दिएको नामको व्यक्ति नै उम्मेदवार बन्नेछ। कसैको कर काप अनि प्रभाव लिएर आएको व्यक्तिलाई टिकट दिइने छैन। पञ्चायतको सदस्य भनेको गाउँको नेता हो।”
आजको सभामा रतन थापालाई पञ्चायत चुनावको संयोजक नियुक्त गरियो। मिडियाले जल जीवन मिसनको कार्यलाई सोसियल मिडियामा देखाएका थिए। कामलाई लिएर सोसियल मिडियामा पार्टीमाथि ट्रोल पनि भयो। यही कुरालाई जिकिर गर्दै अनि मिडियालाई धन्यवाद दिँदै भने, “जहाँ जहाँ काम भै रहेको छ ,त्यहाँ त्यहाँ म पुग्नु सक्दिन। कुन सरदार, कुन इन्जिनियरले कस्तो काम गर्दैछ त्यो म जान्नु सक्दिन। सबै सरदारले राम्रो काम गर्दैछ भन्ने पनि छैन। तपाईहरु गाउँ गाउँ कुना कुनासम्म पुगेर जीटीएको कामको मूल्यांकन गरिदिनुहोस। उहाँहरुलाई धेरै धेरै धन्यवाद।”
खरसाङ महकुमा समितिका पार्टी अध्यक्ष सुवास प्रधानले बताए अनुसार कार्यकर्ताहरुको हौसला बढाउन पार्टीको नीतिमाथि मूल्यांकन गर्नु अनि नयाँ दिशा निर्देश गराउन नै कर्मी सभा डाकिएको हो। स्मरण रहोस, राज्यमा आगामी मई महिनामा पञ्चायत चुनाव हुने सम्भावना रहेको छ। २०२४ को लोक सभाको चुनाव अघिको ठूलो चुनाव नै यही हो। पहाडमा करीब २० वर्ष पश्चात पञ्चायत चुनाव हुनु गईरहेको छ। सभामा पार्टीका केन्द्रिय नेतृत्वहरु, महकुमा समितिका नेतृत्वहरु, समष्टिका नेतृत्वहरु, भातृ संगठनका नेतृत्वहरु अनि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *