अभिनेता बोनीसित नियुक्ति भ्रष्टाचार मामिलामा दोस्रो दिन सोधपुछ

77043603.webp

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा बांग्ला फिल्म अभिनेता बोनी सेनगुप्तासित मंगलवार पनि ईडी अधिकारीले सोधपुछ गरिरहेका छन्। केन्द्रिय एजेन्सीको समन अनुसार, उनी दिउँसो सल्टलेकको सीजीओ कम्प्लेक्स स्थित ईडी अफिस पुगे।
उनीसित सोधपुछ शुरू भएको छ। केन्द्रिय एजेन्सीको सूत्रहरू अनुसार, बोनी सेनगुप्ताले २०१७ देखि २०२० मा उनले कुन्तल घोषबाट ४० लाख रूपियाँ लिएको स्वीकार गरेका छन्। त्यही रूपियाँले उनले कार किनेका छन्। अभिनेताले मंगलवार कारसित सम्बन्धित दस्तावेज पनि केन्द्रिय एजेन्सीका अधिकारीहरूलाई सुम्पेका छन्। यसका साथै यदि केन्द्रिय एजेन्सीले चाहे कुन्तलबाट लिइएको रूपियाँ उनले फर्काउने इच्छा जाहेर गरे। यद्यपि, एजेन्सीले यसबारे अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन। उल्लेख्य, गत साता पनि बोनी सेनगुप्तासित ईडी अधिकारीहरूले यस सम्बन्धमा सोधपुछ गरेका थिए कुन्तलले पनि दाबी गरेको थियो, उसले बोनी सेनगुप्ताको साथ पाँच वर्ष काम गरिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *