मुम्बई: महाराष्ट्रको एक दिवसीय यात्रामा पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पुणेको देहूमा जगतगुरू श्रीसन्त तुकाराम महाराज मन्दिरमा सन्त तुकाराम महाराजको पूजा गरे अनि शिला मन्दिरको उद्घाटन गरे। प्रधानमन्त्री कार्यालय (पीएमओ) ले ट्वीट गऱ्यो, प्रधानमन्त्री नरेन्द्र मोदीले पुणेका सन्त तुकाराम मन्दिरमा पूजा अर्चना गरे। सन्त तुकारामको आदर्शले धेरैलाई प्रेरित गर्दछ। उनले हामीलाई अरूको सेवा गर्ने औं एक दयालु समाजको पोषण गर्नका लागि प्रेरित गर्छन्। सन्त तुकाराम एक वारकरी सन्त र कवि थिए, जसलाई अभंग भक्ति कविता र कीर्तनको रूपमा चिनिने आध्यात्मिक गीतहरूको माध्यमले समुदाय-उन्मुख पूजनको निम्ति चिनिन्छ। उनी देहूमा बस्थे। उनको निधनपछि एक शिला मन्दिर बनाइएको थियो तर यसलाई औपचारिक रूपमा मन्दिरको रूपमा संरचित गरिएको थिएन। यसलाई ३६ चोटीको साथ ढुंगाको चिनाईमा बनाइएको छ र यसमा सन्त तुकारामको मूर्ति पनि छ।










