खाद्य सुरक्षा अधिकारीद्वारा दुई व्यापारीविरूद्द कारवाही

गान्तोक: गेजिङ खाद्य सुरक्षा अधिकारीले दुई व्यापारीविरूद्ध कारवाही गरेको छ। निरीक्षणको क्रममा खाद्य सुरक्षा अधिकारीहरूले गेजिङ नयाँ बजारका दुई जना व्यापारीले तयार गरेको वस्तुमा लेबल नलगाएको र स्वच्छ नराखेको कारण उनीहरूविरूद्ध कारवाही गरेको जानकारी प्राप्त भएको छ।आरोपितहरूमाथि तयार गरेका वस्तुहरूको मिति र लेबल नलगाएको आरोप छ। गेजिङ जिल्लाका महकुमा अधिकारीले खाद्य सुरक्षा मानक ऐन २००६ अन्तर्गत दुई व्यापारीमाथि दस-दस हजारको जरिमाना लगाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement