गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीको एमजी मार्गमा जी२० शिखर सम्मेलनका लागि उत्सव बिन्दु र ऐतिहासिक स्मारक अनावरण गरे। गान्तोक नगर निगमले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, केबिनेट मन्त्रीहरू, मुख्य सचिव वीबी पाठक, मेयर नील बहादुर छेत्री, उप मेयर छिरिङ पाल्देन भोटिया तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
मुख्यमन्त्रीले अनावरण गरेका स्मारकहरूको बारेमा अतिरिक्त मुख्य टाउन प्लानर गेरी छोपेलले जानकारी गराएका थिए। कार्यक्रममा मेयर र उप मेयरले मुख्यमन्त्रीलाई जी२० को स्मृति चिन्ह प्रदान गरे। मुख्यमन्त्री तथा अन्यहरूले न्यू मार्केटको पनि निरीक्षण भ्रमण गरे। मुख्यमन्त्री तामाङले सबै नागरिकहरूलाई सार्वजनिक सम्पत्तिहरूको संरक्षणका लागि जिम्मेवारी लिने आह्वान गरेका छन्। राज्य सरकारले जनताको कल्याणका लागि निरन्तर काम गरिरहेको पनि उनले बताएका छन्।