कुचबिहारः पश्चिम बंगालमा मंगलवारदेखि उच्च माध्यमिक परीक्षा शुरू भएको छ। त्यही, कुचबिहारमा उच्च माध्यमिक परीक्षाको पहिलो दिन दुई परीक्षार्थीहरू बिरामी परेपछि जिल्ला प्रशासनको मद्दतले अस्पतालमा परीक्षा दिने व्यवस्था गरियो।
जानकारी अनुसार, कुचबिहारको पुन्डीबाड़ी आरजीएल हाई स्कूलको छात्र शैशव सरकार कुचबिहार राजारहाट विद्याभवन स्कूलमा परीक्षआ दिइऱहेको थियो। तब अचानक छात्र अस्वस्थ भयो। त्यही, कुचबिहार श्री हिन्दी हाईस्कूलकी छात्रा लक्ष्मी साहा सुनीति एकेडमीमा परीक्षा दिइरहेकी थिइन्। त्यही समय अचानक छात्राको पेट दुःख्न थाल्यो। यसपछि दुवै परीक्षार्थीलाई जिल्ला प्रशासनको मद्दतले कुचबिहार एमजेएन मेडिकल कलेज एवं अस्पतालमा भर्ती गराइयो। यसपछि प्रशासनको देखरेखमा दुवै परीक्षार्थीहरूको परीक्षा दिने व्यवस्था गरियो।