महिला चियाश्रमिक चितुवाको हमलामा घाइते

31adc948-82aa-4fdf-8a34-a8d7dcc17dc6-1024x576.jpg

नक्सलबारी: नक्सलबारीको विजयनगर चियाकमानमा चितुवाको हमलामा एकजना महिला चियाश्रमिक घाइते भएकी छिन्। चितुवाको हमलामा घाइते चियाश्रमिक मीना नायक (५२) को रूपमा चिन्हित गरिएको छ ।आज साँझ नक्सलबारीको विजयनगर चियाकमानमा चिया पत्ता टिपिरहेको समय चितुवाले हमला गर्दा एउटी महिला चियाश्रमिक घाइते भएको बताइएको छ। घाइते अवस्थामा उक्त महिलालाई उद्धार गरेर चियाकमानको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेपछि नक्सलबारी अस्पतालमा पठाएको छ। इलाकामा बारम्बार चितुवा देखा परेकोले कमानका श्रमिकहरू आतङ्कित बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement