साहित्य अकादमी दिल्ली नेपाली भाषा परामर्श समितिका संयोजकको रुपमा चयनित भएका वरिष्ठ साहित्यकार डा. शङ्कर देवलाई सिलगढीमा सम्बर्ध्दना

IMG-20230314-WA0272.jpg

सिलगढी: अखिल भारतीय नेपाली भाषिक अल्पसंख्यक समिति सिलगढी दार्जीलिङको तत्वधानमा आज सिलगढीको मिलनमोड नजिकै गुल्मामा सङ्गोष्ठी साथै साहित्य अकादमी दिल्ली नेपाली भाषा परामर्श समितिका संयोजकको रुपमा चयनित भएका वरिष्ठ साहित्यकार डा. शङ्कर देव ढकाललाई बधाई एवं सम्बर्द्धना कार्यक्रम सम्पन्न गरियो। वरिष्ठ साहित्यकार एवं भाषाविद डा. जीवन राणाको अध्यक्षतामा सम्पन्न अनि साहित्यकार सुमित्रा अविरल द्वारा सञ्चालित कार्यक्रममा सम्बर्धित व्यक्तित्व साहित्य अकादमी पुरस्कार प्राप्त साहित्यकार एवं सिक्किमको मुख्यमन्त्रीका सचिव समेत रहेका डा. शङ्कर देव ढकाल (आईएएस), तिनकी धर्मपत्नी, प्रमुख अतिथि कर्नल केशव राई, वैज्ञानिक डा. एकलभ्य शर्मा, डा. साङ्मु लेप्चा, युवराज काफ्ले, डा. सुकराज दियाली, मन्जुला तामाङ सुब्बा, डा. तेजमान बराइली, वरिष्ठ पत्रकार प्रमोद गिरी, देविका मग्रान्ती, लगायत पहाड, तराई, डुवर्सका २ दर्जन भन्दा अधिक संघ-संस्थाका प्रतिनिधि, सदस्य एवं भाषा साहित्य प्रेमीजनको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा दुई दर्जन अधिक संघ-संस्थाद्वारा डा. शङ्कर देव ढकाल (आईएएस)-लाई अभिनन्दन पत्रद्वारा सम्बर्द्धना जनाइयो। कार्यक्रममा नेपाली भाषा साहित्य विषयमा उपस्थित वरिष्ठ व्यक्तित्वजनले आफ्नो वक्तव्य राखेका थिए भने नेपाली भाषा परामर्श समितिका संयोजक डा शङ्कर देव ढकालले आफ्नो गहन अनि महत्वपूर्ण सम्भाषण राख्दै युवा साहित्यकारहरूको निम्ति साहित्य अकादमीद्वारा गर्न सकिने विभिन्न कार्यक्रमहरू विषय जानकारी दिँदै यसको लाभ लिन सक्ने बताए। अध्यक्ष डा. जीवन राणाको वक्तव्यपछि साहित्यकार बीबी विश्वकर्मले धन्यवाद ज्ञापन गरी कार्यक्रमको अन्त्य गरियो।

About Author

Advertisement