चियाबारीमा ज्वाइन्ट फोरमको गेटसभा

7b2fdf4c-fa28-4818-bfcd-991df7854342


कालचिनीः ज्वाइन्ट फोरमको पूर्वघोषित कार्यक्रम मुताबिक मंगलबारदेखि सम्पूर्ण चियाबारीको फ्याक्ट्री गेट अघि एक घन्टाको गेटसभा पालन कर्मसूची पालन गरीएको ज्वाइन्ट फोरम नेता विकास महलीले जनाएका छन्। मंगलबार यस क्रममा कालचिनी खण्डको भाटपाड़ा, सेन्ट्रल डुवर्स, बीच, डिमा, अठियाबारी आदि चियाबारीहरूमा ज्वाइन्ट फोरमको आह्वानमा यसमा संलिप्त सबै ट्रेड यूनियन प्रतिनिधिहरूको उपस्थितिमा गेटसभा पालन गरिएको थियो।
मूलतः चियाबारी श्रमिकहरूको निम्ति जमीनको असली पट्टा प्रदान गर्नुको साटो राज्य सरकारले मात्र ५ डेसिमलको पट्टा दिने जुन घोषणा गरेका छन् त्यसको विरोध गर्दै चिया श्रमिकहरूलाई उनीहरूको दखलमा रहेको सबै जमीनको पट्टा खतियान प्रदान गरिनु पर्ने अनि चियाकमानले एक्स्ट्रा लीफ प्राइस प्रदान गर्नुपर्ने एवम् श्रमिकहरूलाई ५८ बर्षको साटो ६० बर्षमा मात्र अवकाश दिनुपर्ने दाबी अघि सारेर आज गेटसभा पालन गरीएको ज्वाइन्ट फोरम नेताहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement