कमानको सेक्सनमा बाइसन पस्दा खैलाबैला

344923fa-f2d1-445c-80d1-b28d75701c18


कालचिनीः कालचिनी खण्डको भातखावा चियाबारीको २ नम्बर सेक्सनमा अचानक जंगली बाइसन देख्दा बिहान काममा जान निस्किएको श्रमिक अनि मर्निङ वाकमा हिँड़ेका मानिसहरुमा खैलाबैला मच्चिएको थियो। एउटा जंगली बाइसन बक्सा जंगलबाट कमानको सेक्सनमा देखा पर्दा मानिसहरू भागाभाग भएको थियो भने बाइसन पनि कमानको २ नम्बर सेक्सन हुँदै ५ नम्बर सेक्सनबीच दौड़न्दा मानिसहरू उक्त बाइसन हेर्नलाई जमा भएको थियो।
घटनाको जानकारी बन विभागलाई दिएपछि निमती रेञ्जका बनकर्मीहरू पुगेर उक्त बाइसनलाई जंगलतर्फ भाग्न मदत पुर्‍याएको थियो। उक्त घटनामा कसैलाई पनि कुनै चोट पटक नलागेको बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement