माध्यमिक परीक्षार्थीहरूलाई करियर काउन्सिलिङ

0c25410e-c74c-48b0-86ac-9780462ff46e


मालबजारः मालबजारको अग्रसेन भवनमा आज मीडिया आर्गनाइजेशन भिडियो भोलिन्टियर्सको आयोजनामा मालबजार ब्लक अन्तर्गत पर्ने ८ वटा चियाबारी क्षेत्रका प्रायः ७८ जना विद्यार्थीहरूलाई समेटेर शैक्षणिक विकल्प अनि करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भयो। सामुदायिक पत्रकार रुबी साह, आरती चीक बडाईक,उन्नति आलेद्वारा सञ्चालित सो कार्यक्रममा अलिपुरद्वार जिल्ला अदालतका अधिवक्ता नवीन केरकेट्टाले विद्यार्थीहरूलाई मनोबल वृद्धि गर्ने वक्तव्य राखेको थियो भने सो शिविरलाई ट्रेड क्राफ्ट र प्रथम फाउन्डेशन जस्ता स्नेच्छासेवी संगठनका प्रतिनिधिहरूले पनि सहभागिता जनाएको थियो।
प्रायः १ हजार विद्यार्थीहरूसम्म लक्ष्य उड़ान हौसलाको कार्यक्रम अन्तर्गत यो शिविर चलिरहेको भिडियो भोलिन्टियर्सको उत्तरबंगाल फील्ड डाइरेक्टर हरिहर नागवंशीले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement