बन विभागले गरे उच्चमाध्यमिक परीक्षार्थीहरूलाई यातायातको व्यवस्था

454f61b7-7812-4dd5-ac64-7e28b18b354a


कालचिनीः मंगलबारदेखि उच्चमाध्यमिक परीक्षा शुरु भएकोमा बन विभागले बनबस्ती क्षेत्रबाट परीक्षा दिन जाने परीक्षार्थीहरूलाई वाहनको व्यवस्था गरेर परीक्षा केन्द्रहरूमा पुर्‍याउने साथै परीक्षा सकेपछि घरसम्म ल्याउन सहयोगिता गरेको बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले जनाएका छन्।
आज यस क्रममा बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका सुन्तलाबारी, अठाइस बस्ती, राईमटाङ बनबस्ती, बुथुरी, समुकतला जयन्ती आदि क्षेत्रका परीक्षार्थीहरूलाई बन विभागले वाहनको व्यवस्था गरेर सुरक्षा प्रदान गर्दै परिसेवा दिएको थियो भने परीक्षा जारी रहुञ्जेल यो परिसेवा प्रदान गरिने बन विभागले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *