अलगडामा एउटा घरमा आगलागी, एकजनाको मृत्यु     

00-1-IMG-20230314-WA0241

कालेबुङ: मङ्गलबार बिहानी करिब १ बजे अलगडाको लोवर सन्तुकको लुङदुङ गाउँमा एउटा घरमा आगलागी हुँदा घरभित्र सुतिरहेको अवस्थामा नै ७५ वर्षीय वीरमान राईको मृत्यु भएको समाचार छl सो घरमा भएको कुनै पनि सरसामान निकाल्न नसकिएको जानकारी प्राप्त भएको छ। उक्त घटनाको जानकारी पाएलगत्तै अलगडा पुलिस घटनस्थलमा पुगेर जाँच कार्य गरेको समाचार छ। गएराति आएको हावाहुरीका कारण बिजुली बत्ती नहुँदा उक्त घरमा मोमबत्ती बालिएको र घर काठको हुँदा आगलागी भएको हुनसक्ने अनुमान लगाइए पनि आगो लागेको कारण पत्तो लाग्न सकेको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *