खरसाङ क्षेत्रमा उच्च माध्यमिक परीक्षा शान्तीपूर्ण शुरु

CollageMaker_202331419528645.jpg

खरसाङ क्षेत्रमा पहिलो दिन ९६८ जनाले दिए परीक्षा

खरसाङ: आजदेखि उच्च माध्यमिक परीक्षा शुरु भएको छ। यता खरसाङमा पनि उच्च माध्यमिक परीक्षाको पहिलो दिन कड़ा सुरक्षाबीच शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसपाली खरसाङ क्षेत्रमा जम्मा छवटा परीक्षा केन्द्रहरू रहेका थिए जसमा मुख्य परीक्षा केन्द्र सन्त अल्फन्सेस विद्यालय रहेको छ। त्यसबाहेक पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, स्कट्मिशन उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय र आदर्श उच्चत्तर माध्यमिक विद्यालय रहेका थिए। खरसाङ नगरपालिका क्षेत्र र खरसाङ खण्डको विभिन्न विद्यालयहरूबाट यसपाली परीक्षा दिनेहरूमा छात्रहरू ५७२ जना, छात्राहरू ५२० रहेका थिए भने आज पहिलो दिन परीक्षा दिनेहरूमा छात्रहरू ४५४ जना, छात्राहरू ५१४ जना उपस्थित थिए। आज पहिलो दिनको परीक्षामा छात्रहरू १८ जना र छात्राहरू ६ जना अनुपस्थित रहेका थिए। आजदेखि शुरु भएको उच्च माध्यमिक परीक्षा विषयमा सहायक स्कूल निरीक्षक एंव उच्च माध्यमिक परीक्षा खरसाङको इन्चार्च रोशनी सार्कीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *