एडम गिलक्रिष्ट सबैभन्दा धनी क्रिकेटर, कोहली चौथो स्थानमा

IMG-20230314-WA0253.jpg

१४ मार्चः क्रिकेट विश्वको सबैभन्दा लोकप्रिय खेलहरूमा एक हो। यस आकर्षक खेलको शताब्दी पुरानो समृद्ध इतिहास रहेको छ अनि यो धेरै देशहरूमा सबैभन्दा ठूलो खेल बनेको छ। यस खेलको माध्यमले गाउँ-बस्तीबाट अघि आएका खेलाड़ीहरूले पनि असाधारण प्रदर्शन गर्दै आफ्नो जीवन बद्लिएका छन्। अहिले विश्वभरि खेलिने टी२० लीगको माध्यमले खेलाड़ीहरूले मोटो कमाई पनि गरिरहेका छन्। यस खेलको माध्यमले विश्वको सबैभन्दा धनी क्रिकेटरहरूका कुरा गर्दा अष्ट्रेलियाका पूर्व विकेटकीपर ब्याटर एडम गिलक्रिष्ट शीर्ष स्थानमा रहेका छन्।
सीईओ वर्ल्ड म्यागजीनले विश्वका सबैभन्दा धनी १० जना क्रिकेटरहरूका लिस्ट जारी गरेको छ। चाखलाग्दो कुरा के छ भने यस सूचीमा शीर्ष १०-मा पाँचजना त भारतीय क्रिकेटर छन्। शीर्ष स्थानमा गिलक्रिष्ट रहेका छन्। जम्मा ३८० मिलियन डलर अर्थात ३२०० करोड़ रुपियाँको अनुमानित सम्पत्तिको साथ उनी २०२३-मा विश्वका सबैभन्दा धनी क्रिकेटर हुन्। गिलक्रिष्ट तीनपल्ट (१९९९, २००३ र २००७) विश्व विजेता बन्ने अष्ट्रेलियाई टीमका हिस्सा रहेका थिए। उनी टेस्ट क्रिकेटमा १०० वटा छक्का लगाउने विश्वका पहिलो ब्याटर हुन्। वर्तमानमा उनी कमेण्टेटरको भूमिका देखिने गर्छन्।
भारतका विराट कोहली ११२ मिलियन डलर (लगभग ९२२ करोड़ रुपियाँ)-को जम्मा सम्पत्तिको साथ लिस्टमा चौथो नम्बरमा रहेका छन्। कोहलीलाई क्रिकेट मैदानमा आक्रामक मिजास र तेजीको साथ रन बटुल्ने क्षमताले गर्दा चिनिन्छ। कोहलीले अगावै अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तेज २५,००० रन बनाइसकेका छन्।
शीर्ष दशमा सामेल क्रिकेटरहरूः
१) एडम गिलक्रिष्टः ३८० मिलियन डलर
२) सचिन तेन्दुलकरः १७० मिलियन डलर
३) एमएस धोनीः ११५ मिलियन डलर
४) विराट कोहलीः ११२ मिलियन डलर
५) रिकी पण्टिंगः ७५ मिलियन डलर
६) ज्याक कलिसः ७० मिलियन डलर
७) ब्रायन लाराः ६० मिलियन डलर
८) विरेन्द्र सहवागः ४० मिलियन डलर
९) युवराज सिंहः ३५ मिलियन डलर
१०) स्टीव स्मिथः ३० मिलियन डलर

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement