सिलगढी। आज सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीको तर्फबाट खुट्टी पुजा गरियो। जसको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरु गरिएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देवको बाहुलीबाट आज यस कार्यको उद्घाटन गरियो। सेन्ट्रल कोलनीको दुर्गा पुजाले यस वर्ष ६० वर्षमा पाइला टेकेको छ। पुजा कमिटीका संयुक्त सचिव पार्थ दे-ले बताएअनुसार कोरोना महामारीले गर्दा गत २ वर्षदेखि सामान्य रुपमा दुर्गा पुजाको आयोजना गरे तापनि यस वर्ष भव्य रुपमा बिग बजटको पुजा गरिने भएको छ।










