जनजतिको दर्जा दिने माग गर्दै, पर्चा वितरण गर्दै गोरामुमो

00-1-Screenshot_20230314_155610_WhatsApp

दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) गएको केही दिनदेखि जनजतिको दर्जा दिनुपर्ने माग गर्दै साथै यस बारेमा बुझाउँदै जन जागरण अभियान शुरु गरेको छl गोरामुमोको संस्थापक अध्यक्ष स्व. सुवास घिसिङले उठाएको यस विषयलाई यसरी उजागर गरेको छ, ‘जनजातिको मुद्दा सुवास घिसिङले नै उठाएका थिएl यस विषयमा सन् २००१ देखि नै सन् १९३१ को जनगणनाअनुसार छुट्टिएका गोर्खाहरुको सम्पूर्ण जात-उपजातहरुलाई जनजातिको दर्जा दिनुपर्छ भनेर सुवास घिसिङले कार्य गरेका हुन्l’ आज गोरामुमो घुम-जोरबङ्लो समष्टिले सर्वसाधारणलाई जनजाति विषय लिएर जागरुक गराउँदै पर्चा वितरण गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement